कांग्रेस महाधिवेशन : मतपत्र सकियो, मतदान रोकियो

सफल खबर संवाददाता

सोमबार, २७ मंसिर २०७८, १९ : ४१
कांग्रेस महाधिवेशन : मतपत्र सकियो, मतदान रोकियो

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मतपत्र सकिएपछि मतदान रोकिएको छ। राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा भइरहेको मतदान पटक–पटक रोकिन थालेपछि प्रतिनिधिहरु आक्रोशित भएका छन्। मतपत्र सकिँदा दिउँसो पनि मतदान केहीबेर रोकिएको थियो।

मतपत्र समयमै नपुग्दा बिहान ८ बजे सुरु हुने भनिएको मतदान झण्डै चार घण्टा ढिलो सुरु भएको थियो। साँझ ६ बजेसम्म करिब तीन हजार मत खसेको निर्वाचन समितिले जनाएको छ।

बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो। तर मतदान ढिलो भएका कारण मतदानको अवधि ४ घण्टा थपेर ९ बजेसम्म पुर्‍याइएको छ। छापिएर आएका मतपत्रमा हस्ताक्षर गर्न ढिलाइ भएका कारण मतदान रोकिएको निर्वाचन समितिको भनाइ छ।

प्रतिक्रिया दिनुहोस