कोरोना अपडेट: थप ३४१ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २७ मंसिर २०७८, १६ : ३४
कोरोना अपडेट: थप ३४१ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४६१ र एन्टिजेन विधिबाट २ हजार ८२० जनामा परिक्षण गर्दा ३४१ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २४ हजार ५३५ र एन्टिजेनबाट ९५ हजार ८१० जना पुगेको छ ।  

यस्तै, आज थप ३७६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ७ हजार १५४ जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५५७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस