कांग्रेस महाधिवेशन : अहिलेसम्म ११ सय मत खस्यो

सफल खबर संवाददाता

सोमबार, २७ मंसिर २०७८, १५ : ३८
कांग्रेस महाधिवेशन : अहिलेसम्म ११ सय मत खस्यो

नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि जारी चुनावमा सोमबार दिउँसोसम्म ११ सय मत खसेको छ । निर्वाचन समितिका एक सदस्यले दिउँसो ३ बजेसम्म ११ सय  प्रतिनिधिले मतदान गरेको जानकारी दिए । 

मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका सभापतिका प्रत्यासी शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधिसहित उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी लगायतले मतदान गरिसकेका छन् ।

अन्य नेता भने भोट हाल्न लामबद्ध भएका छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ । काँग्रेसमा महाधिवेशन प्रतिनिधि ४ हजार ७ सय ४३ जना रहेका छन् । 

निर्वाचन समितिका ती सदस्यका अनुसार मतपत्र छपाइको काम गर्ने पक्षले मतपत्र उपलब्ध गराउन ढिलाइ हुँदा व्यवस्थापनमा केही समस्या समेत देखिएको बताए । निर्वाचन अधिकृतले मतपत्रमा हस्ताक्षर गर्ने क्रम चल्दा प्रतिनिधिले मतपत्र पाउन समेत सास्ती बेहोर्नुपरेको ती सदस्यको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस