अखिल (क्रान्तिकारी) वाग्मती प्रदेशको अध्यक्षमा सुरजसिहं ठकुरी

सफल खबर संवाददाता

सोमबार, २७ मंसिर २०७८, १३ : ५७
अखिल (क्रान्तिकारी) वाग्मती प्रदेशको अध्यक्षमा सुरजसिहं ठकुरी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाग्मति प्रदेशको अध्यक्षमा सुरजसिहं ठकुरी चयन भएका छन ।अध्यक्ष पञ्जा सिंहले १ सय ९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय आयोगका सदस्यहरु, केन्द्रीय प्रतिनिधिहरू र प्रदेश पदाधिकारीहरु चयन गरिएको बताइन् । यस्तै उपाध्यक्षमा मुना काप्री, बिमला तामाङ, दिनेश सुवेदी, मिगंर शेर्पा , (प्रमुख सचिबमा) रन्जित अर्चाय, (सचिबमा) किरण सिंन्खडा, रामकृष्ण शिवाकोटी, रोशन रिजाल, पदम तामाङ र कोषध्यक्षमा दुर्गा वाईबा चयन भएकी छिन  ।

गत असोज १४ देखि १८ गते काठमाडौंमा भएको २२ औं राष्ट्रिय सम्मेलनको म्यान्डेटअनुसार फ्रयाक्सन इन्चार्ज हितमान शाक्य र निवर्तमान अध्यक्ष रञ्जित तामाङको उपस्थितिमा बसेको बैठकले १९९ सदस्यीय केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्यलगायत प्रदेश पदाधिकारी चयन भएपनि केन्द्रीय पदाधिकारी भने टुङ्गो लागेको छैन । जसमा केन्द्रीय प्रतिनिधिहरू ५६ जना रहेका छन् भने केन्द्रीय आयोगका सदस्यहरु ३९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस