चितवनको सौराहामा ओमिक्रोन भेरियन्टको छैन चिन्ता, पाहुना सत्कार गर्दै व्यवसायी

प्रकाश सिग्देल

आइतबार, २६ मंसिर २०७८, १८ : ००
चितवनको सौराहामा ओमिक्रोन भेरियन्टको छैन चिन्ता, पाहुना सत्कार गर्दै व्यवसायी

चितवन । कोभिड १९ को सबैभन्दा पछिल्लो विकसित ओमिक्रोन भेरियन्ट अहिले नेपाललगायत विभिन्न मुलुकमा देखिएको छ । कोरोनाको कारण थिलथिलो परेको अर्थतन्त्र र व्यापार ब्यवसाय विस्तारै तंग्रदै गर्दा फेरि आएको ओमिक्रोन भेरियन्टले आम मानिसमा चिन्ता जगाएको हो ।

यो भेरियन्ट पहिलेको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ । यो भेरियन्ट देखा परेको मुलुकहरूमा संक्रमण दर ह्वातै बढेको रिपोर्ट छ । तर यो ओमिक्रोन कत्तिको संक्रामक छ भन्ने हालसम्म स्पष्ट भइसकेको छैन । ओमिक्रोन भेरियन्ट धेरै छिटो फैलिन सक्ने भेरियन्टका रूपमा देखा परेको छ । हाल वितरण भइरहेको कोभिड–१९ विरुद्धका खोपहरू यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरू अध्ययन गरिरहेका छन् र अहिलेसम्म ठोस तथ्य पत्ता लागिसकेको छैन ।

पहिले कोभिड–१९ संक्रमण भइसकेकालाई समेत फेरि ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्ने विज्ञहरुले बताएका छन् । यो भेरियन्ट तीव्र गतिमा फैलदै गयो भने यसले देशको अर्थतन्त्रलाई निकै ठुलो असर पार्ने निश्चित छ ।  नेपालको पर्यटन ब्यवसाय सबैभन्दा बढी यसबाट प्रभाबित हुने देखिन्छ ।

विदेशी पर्यटकका कारण धानियको नेपाली पर्यटन ब्यवसायमा कोरोनाका कारण निकै ठुलो मार परेको छ । अव फेरी पनि ओमिक्रोन भाईरस देखा पर्यो भने त्यसको ठुलो असर नेपाली पर्यटन क्षेत्रले सामना गर्नु पर्ने  छ । धेरै देशहरुमा यसको निकै ठुलो नकारात्मक असर र संक्रमण बढेपनि अहिले सम्म नेपालमा भने यसको असर देखिएको छैन् ।

नेपाली पर्यटन क्षेत्रमा  अहिले सम्म यो नयाँ भाइरसका कारण धेरै नदेखिएको पर्यटन ब्यवसायीहरु बताउँछन् । चितवनको पर्यटकीय नगरी सौराहमा नेपाली पर्यटकका  कारण सौराहामा उत्साह छाएको र नयाँ भाइरसकै कारण अहिलेसम्म पर्यटकले रुम बुकिङ गरेर क्यान्सिल गरेको घटना नरहेको होटल भिष्टा चितवनका सन्चालक रमेश सिल्वालले बताए ।

कोरोनाका कारण बिदेशी पर्यटकहरु नगन्य मात्रामा आउने गरेकोे सौराहामा केही महिना यता नेपाली पर्यटकको चहलपहल बढेको सिलवालको भनाइ छ । कोरोनाका कारण अहिले विदेशी पर्यटक कम आएको र नेपाली पर्यटकको आगमन भने राम्रो रहेको सिलवालको भनाइ छ । आम मानिसमा स्वास्थ्य सचेतना बढेकाले पनि मानिसहरुले सावधानी अपनाउने कुरामा भने धेरै सचेत बनेको उनी बताउँछन्  ।

विगतमा ठूलो संकट भोगेका यहाका पर्यटन ब्यवसायीले सबै प्रकारका जोखिमलाई ध्यान दिदै सचेतता पूर्वक पाहुनाको स्वागत सत्कार गरी ब्यवसाय सन्चालन गर्दै लगेको रेवन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए । अहिलेसम्म ओमिक्रोन भाइरसका कारण आत्तिईहाल्नु पर्ने अवस्था यहाँ नरहेको उनी सुनाउँछन् । नया भाइरस भित्रन नदिन ब्यवसायीहरु चनाखो र सचेत भएको उनको भनाइ छ ।

ओमिक्रोन भेरियन्टबाट बच्न के गर्ने ?

कोभिड–१९ का अन्य भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि मास्कको सही प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भिडभाड नगर्ने, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने लगायतका सबै जनस्वास्थ्यका मापदण्डहरूको कडाइपूर्वक पालना गर्नुपर्छ र कोभिड–१९ विरुद्धको खोप लगाउनु पर्ने बताईएको छ । 


 

प्रतिक्रिया दिनुहोस