महेश आचार्य भोट माग्दै भने : ‘गुट रोज्ने कि विचार ?’

सफल खबर संवाददाता

आइतबार, २६ मंसिर २०७८, १२ : ३७
महेश आचार्य भोट माग्दै भने : ‘गुट रोज्ने कि विचार ?’

काठमाडौं । नेपाली कांग्रेसको स्वतन्त्रबाट उपसभापति पदमा उम्मेदवारी दिएका महेश आचार्यले ‘गुट रोज्ने कि विचार’ भन्दै भोट मागिरहेका छन् ।

१४औँ महाधिवेशनको कार्यतालिकाअनुसार शनिबार भएको मनोनयन दर्ताका बेला उपसभापतिमा उम्मेदवारी दर्ता गराएका उनले महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन् ।  

‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने रु तपाईको विवेकले उचित निर्णय गर्नेछ’, उनले प्रतिनिधिलाई भनेका छन् । दुई सदस्य रहेको उपसभापतिका लागि सात जनाको उम्मेदवारी परेको छ । 

प्रतिक्रिया दिनुहोस