हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्रीलाभ

सफल खबर संवाददाता

विहीबार, २३ मंसिर २०७८, १४ : ५१
हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्रीलाभ

काठमाडौं ।हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्रीलाभ भएको छ । विल्सनकी श्रीमती सरिना लामाले बिहीबार बिहान झापाको विर्तासिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

छोरी जन्मिएपछि खुशी बाँड्दै विल्सनले भने, ‘छोरीको आगमनसँगै आफूलाई निक्कै भाग्यमानी ठानेको छु । आमा र छोरीको अवस्था निक्कै नै राम्रो छ ।’ विल्सनका अनुसार छोरीको तौल ३ केजीको छ । विल्सनका दुई वर्षका छोरा पनि छन् । विल्सनले छोरीको नाम सभ्यता बी राई राखेको पनि जानकारी दिए ।

नेपाली हास्य क्षेत्रमा ‘मेरी बास्सै’ नामक हास्य सिरियलमा काम गरेपछि विल्सनको चर्चा चुलिएको थियो । यो सिरियलमा उनी ‘तक्मे बुढा’को नामबाट परिचित भएका हुन् । यसपछि उनले केही चलचित्रमा पनि काम गरे । विल्सन पछिल्लो केही समयदेखि भने झापामा घरायसी जीवनमा नै बढी व्यस्त देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस