काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको सभापतिमा आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलले कृष्णप्रसाद सिटौलासँग भेटवार्ता गरेका छन् ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतरका नेताहरुको वैठक सुरुहुने बित्तिकै बाहिरिएका पौडेल चन्डोलस्थित सिटौला निवासमा पुगेका हुन् । भेटमा महाधिवेशन केन्द्रित छलफल भएको बताइएको छ ।
संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा भिड्ने भएपछि संस्थापनइतर समूह साझा उम्मेदवारको टुंगो लगाउन लागिपरेको छ । वरिष्ठ नेता पौडेल, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा शेखर कोइरालाले सभापतिमा आफ्नो अडान कायमै राखेका छन् । महामन्त्री डा शशांक कोइरालाले भने अरूले सहमति जनाए आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई रहने बताएका छन् । त्यस्तै संस्थापन पक्षको बैठक पनि बुढानिलकण्ठमा जारी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ मंसिर २०७८, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति