वाग्मती । कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २१ मंसिर २०७८, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने