गाम्बियाका राष्ट्रपति ब्यारो दोस्रो कार्यकालमा निर्वाचित

एजेन्सी

सोमबार, २० मंसिर २०७८, १४ : ३०
गाम्बियाका राष्ट्रपति ब्यारो दोस्रो कार्यकालमा निर्वाचित

बान्जुल । गाम्बियाको राष्ट्रपति चुनावमा आदामा ब्यारोेले दोस्रो कार्यकालमा सहजै जित हासिल गरेका छन् । आइतवार ढिलो नतिजा घोषणा  भएपछि हजारौं समर्थकहरूले बान्जुलमा उनको जितमा उत्सव मनाएका समाचारमा जनाइएको छ । 

अफ्रिकी राष्ट्र गाम्बियामा राष्ट्रपति निर्वाचनका लागि गत शनिबार मतदान भएको थियो । पूर्वतानाशाह याह्या जाम्मेह निर्वासनमा भागेपछि यहाँ राष्ट्रपतिको लागि निर्वाचन शुरु भएको हो । यहाँ जाम्मेहले १९९४ मा रक्तहीन ‘कू’द्वारा सत्ता कब्जा गरेपछि २२ वर्ष शासन गरेका थिए ।

प्रतिद्वन्द्वी उम्मेदवारहरूले आंशिक नतिजालाई चुनौती दिएको केही घण्टापछि पत्रकारहरूलाई अन्तिम नतिजा घोषणा गर्दै निर्वाचन आयोगका अध्यक्ष अलिउ मोमर न्जाइले ब्यारोलाई विजयी घोषणा गरेका थिए  । 

ब्यारोले आफ्ना समर्थकहरूलाई ‘स्वतन्त्र, निष्पक्ष र पारदर्शी चुनाव’ मा आफ्ना विरोधीहरूलाई मतदान गर्नेहरूलाई सम्मान गर्न आग्रह गरेका छन्  ।“म  सक्दो गर्नेछु र गाम्बियालाई हामी सबैको लागि राम्रो ठाउँ बनाउन मेरो अधिकारमा भएका सबै स्रोतहरू प्रयोग गर्नेछु,“ उनले भनेका छन् । 

पूर्ण परिणामहरू घोषणा हुनु अघि, ब्यारोका तीन प्रतिद्वन्द्वीहरूले आंशिक नतिजाहरूलाई अस्वीकार गरेका थिए  । “यस चरणमा हामी अहिलेसम्म घोषणा गरिएको नतिजालाई अस्वीकार गर्छौं,“ डार्बो र अन्य दुई उम्मेदवारहरूले संयुक्त विज्ञप्तिमा भनेका थिए ।

आधिकारिक नतिजा अनुसार, ८७ प्रतिशत मतदानको साथ – अर्को पाँच वर्षको लागि – मुख्य भूमि अफ्रिकाको सबैभन्दा सानो आफ्नो देशको नेतृत्व कसले गर्ने छनोट गर्न गाम्बियनहरू शनिबार मतदान केन्द्रहरुमा पुगेका थिए ।-एएफपी

प्रतिक्रिया दिनुहोस