प्रस्तावित राजदूतको संसदीय सुनुवाइ रोक्न एमालेको माग

सफल खबर संवाददाता

सोमबार, २० मंसिर २०७८, १२ : ४३
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ रोक्न एमालेको माग

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रस्तावित तीन राजदूतको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक रोक्न माग गरेको छ । भरत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइका लागि समितिको बैठक बोलाइएको छ । त्यसअघि अहिले उजुरीबारे छलफल भइरहेको छ ।

बैठकमा एमाले सांसद सुमनराज प्याकुरेलले समावेशी नभएको भन्दै सरकारसँग छलफल गर्नुपर्ने बताए । समावेशी भएन भनेर उजुरी समेत आएको भन्दै उनले भने, ‘हामीले पहिला पनि समावेशी भएन भनेर भनेका हौं । यो निरन्तर कहिलेसम्म ? त्यसैले समावेशी किन भएन भनेर पहिला सरकारसँग छलफल गरौं ।’

सरकारसँग छलफल गरेर मात्र सुनुवाइको थप प्रक्रिया अगाडि बढाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस