जित निकाल्दै युभेन्ट्स पाँचौ स्थानमा

एजेन्सी

सोमबार, २० मंसिर २०७८, ०८ : ०१
जित निकाल्दै युभेन्ट्स पाँचौ स्थानमा

एजेन्सी । इटालियन सिरी ए मा आठौँ जित निकाल्दै युभेन्ट्स  उक्लिएको छ । आइतबार राति घरेलु मैदान टुरिनमा भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० अन्तरले पराजित गरेको हो । 

युभेन्ट्सको सहज जितमा जुआन  क्वार्डाडो र पाउलो डिबालाले गोल गरे । जितसँगै युभेन्ट्स १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा छ । पराजित जिनोआ १० अंक जोडेर १८औँ स्थानमा रहेको छ । १६ खेलमा ३८ अंक जोडेको एसि मिलान शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस