काँग्रेस लुम्बिनीमा अमरसिंह पुन विजयी

सफल खबर संवाददाता

सोमबार, २० मंसिर २०७८, ०७ : ३३
काँग्रेस लुम्बिनीमा अमरसिंह पुन विजयी

काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिको सभापतिमा संस्थापन ईतर समुहका अमरसिंह पुन विजयी भएका छन् । यस्तै पदाधिकारीमा पनि एक उपसभापतिबाहेक अरु पदमा पुन प्यानल नै विजयी भएको छ । 

शुरुदेखि नै पुन समुहले अग्रता लिए पनि अन्तिम समयमा पुन समुहका उपसभापति अष्टभुजा पाठक झिनो मतले पछाडि परेका थिए। सभापतिमा पुनले ८५२ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्दी भरतकुमार शाहले ७६७ मत ल्याएका छन्। 

पराजित शाह संघीय संसदको सार्वजनिक लेखा समिति सभापति हुन्। उनलाई गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहराज्यमन्त्री देवेन्द्र राज कणेलले सर्मथन गरेका थिए। पुन समुहलाई केन्द्रीय सदस्य चन्द्र भण्डारी, दिपक गिरी लगायतले समर्थन गरेका थिए। 

उपसभापतिमा पुन समुहका भुवनप्रसाद श्रेष्ठ र शाह समुहका राजु खनाल निर्वाचीत भएका छन्। महामन्त्रीमा पनि पुन समुहकै बिक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित भएको निर्वाचन समितिका सदस्य अब्दुल रहमानले जानकारी दिए। 

त्यसैगरी सहमहामन्त्रीमा बिष्णु खनाल मुस्कान र खगराज पाण्डेय बिजयी भएका छन्। महिला सहमहामन्त्रीमा निमा गिरी बिजयी भएकी छन्।

प्रतिक्रिया दिनुहोस