अमेरिका उडेकाे तीन घन्टापछि फर्कियाे एयर इन्डिया, जहाजभित्रै यात्रुकाे मृत्यु

एजेन्सी

आइतबार, १९ मंसिर २०७८, १२ : ३१
अमेरिका उडेकाे तीन घन्टापछि फर्कियाे एयर इन्डिया, जहाजभित्रै यात्रुकाे मृत्यु

नयाँ दिल्ली । भारतकाे नयाँ दिल्लीबाट अमेरिकाकाे नेवार्क सहरका लागि उडेकाे विमान पुन: नयाँ दिल्ली फर्किएकाे छ । जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएकाे हाे ।

'मेडिकल अ‌ापतकालका कारण तीन घन्टाकाे उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेकाे एयर इन्डियाकाे विमान नयाँ दिल्ली फर्किएकाे छ , ' एयर इन्डियाका एक अधिकारीले भने । 

विमानस्थल अवतरणपछि चिकित्सकहरुकाे एउटा समूह विमानभित्र विरामीकाे परीक्षण गरेकाे थियाे । समूहले तत्कालै विरामीलाई मृत घाेषित गरेकाे थियाे । मृत भएका व्यक्ति अमेरिकी नागरिक रहेकाे जनाइएकाे छ । शवलाई साेही विमानमार्फत अमेरिका पठाइएकाे छ । 

प्रतिक्रिया दिनुहोस