रचनाको ‘चोखो माया’मा पूर्ण र बिष्णुको रोमान्स ( भिडियो )

सफल खबर संवाददाता

आइतबार, १९ मंसिर २०७८, ११ : ५३
रचनाको ‘चोखो माया’मा पूर्ण र बिष्णुको रोमान्स ( भिडियो )

काठमाडौं । अमेरिकाको विभिन्न रमणीय ठाउँहरुमा छायांकन गरिएको पूर्ण लम्साल र बिष्णु मिश्र बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण 'चोखो माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

CG Hills

रोमाण्टिक भर्सनको यस गीतमा गायिका रचना रिमाल र गायक  रंजन राईको सुमधुर स्वर सुन्न सकिन्छ।  रवि मल्लको शब्द रहेको यस गीतलाई  नविन कार्कीले   संगीतवद्द गरेका हुन्।  गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ।

शैलेश घलेले छायांकन गरेको  भिडियोलाई  बिष्णु खड्काले  सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।  पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।  

 

प्रतिक्रिया दिनुहोस