राप्रपा महाधिवेशन : राति अबेरसम्म मतदान हुने, २३ सय मत खस्न बाँकी

सफल खबर संवाददाता

शनिबार, १८ मंसिर २०७८, १९ : १५
राप्रपा महाधिवेशन : राति अबेरसम्म मतदान हुने, २३ सय मत खस्न बाँकी

काठमाडौं । काठमाडौंमा जारी राप्रपाको महाधिवेशनमा दुई हजार मत खसेको छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अझै २३ सय मत खस्न बाँकी छ । 

पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो । यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलको प्यानल चुनावी मैदानमा छ । राति अबेरसम्म मतदान कार्यक्रम हुनेछ । 

प्रतिक्रिया दिनुहोस