चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र’ बन्ने बताएका छन् ।
शनिबार (आज) भरतपुरमा प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनलाई इंगित गर्दै चितवन ‘कुरुक्षेत्र’ बन्ने बताएका हुन् ।
आफूलाई हेरेर सबैले चितवनतिर नजर लगाएको बताउँदै अध्यक्ष दाहालले भने, ‘चितवन कुरुक्षेत्र बन्दै छ । म भएकाले कसैले माया गरेर, कसैले रिस गरेर चितवनमा नजर लगाएका छन् ।’
त्यस्तै अध्यक्ष दाहालले आफूले पनि चितवनको विकासमा ध्यान दिएको बताउदै सबैको महाधिवेशन चितवनमा भइरहेको जिकिर समेत गरे । त्यसोत, केही दिन अगाडि मात्रै चितवनमा नेकपा (एमाले) को महाधिवेशन सम्पन्न गरिएको थियो ।
महाधिवेशनले नयाँ विचार दिनुपर्ने उल्लेख गर्दै उनले मान्छेको भीडभाड गर्दैमा महाधिवेशन सफल नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ मंसिर २०७८, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
प्रतिनिधि सभा चुनावका लागि महोत्तरी-४ बाट ‘प्रचण्ड’को नाम सिफारिस
प्रचण्डको सचिवालयले भन्यो– 'रास्वपासँग चुनावी सहकार्यका विषयमा कुनै कुराकानी भएको छैन'
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड