चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र’ बन्ने बताएका छन् ।
शनिबार (आज) भरतपुरमा प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनलाई इंगित गर्दै चितवन ‘कुरुक्षेत्र’ बन्ने बताएका हुन् ।
आफूलाई हेरेर सबैले चितवनतिर नजर लगाएको बताउँदै अध्यक्ष दाहालले भने, ‘चितवन कुरुक्षेत्र बन्दै छ । म भएकाले कसैले माया गरेर, कसैले रिस गरेर चितवनमा नजर लगाएका छन् ।’
त्यस्तै अध्यक्ष दाहालले आफूले पनि चितवनको विकासमा ध्यान दिएको बताउदै सबैको महाधिवेशन चितवनमा भइरहेको जिकिर समेत गरे । त्यसोत, केही दिन अगाडि मात्रै चितवनमा नेकपा (एमाले) को महाधिवेशन सम्पन्न गरिएको थियो ।
महाधिवेशनले नयाँ विचार दिनुपर्ने उल्लेख गर्दै उनले मान्छेको भीडभाड गर्दैमा महाधिवेशन सफल नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ मंसिर २०७८, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य
सरकारले संविधानमाथि छेडखानी गर्न खोजे प्रतिवादमा उत्रिन्छौँः प्रचण्ड
उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’