राप्रपा महाधिवेशन

१५ सय मत खस्यो, मतदान प्रक्रिया अझै जारी

सफल खबर संवाददाता

शनिबार, १८ मंसिर २०७८, १५ : ५७
१५ सय मत खस्यो, मतदान प्रक्रिया अझै जारी

काठमाडौं । काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि  भएको मतदानमा १५ सय मत खसेको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि सुरु भएको मतदान प्रक्रिया अझै जारी छ । निर्वाचन समितिका निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अहिलेसम्म १५ सय मत खसेको छ । 

राप्रपा महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् । महाधिवेशनमा प्रदेश १ बाट दुई सय ५६ जना, प्रदेश २ बाट एक सय ७० जना, बागमती प्रदेशबाट दुई सय ४५ जना, गण्डकी प्रदेशबाट दुई सय ५० जना, लुम्बिनी प्रदेशबाट पाँचसय जना, कर्णाली प्रदेशबाट एक सय ९७ जना र सुदूरपश्चिम प्रदेशबाट एक सय ७५ जना प्रतिनिधि सहभागी छन् ।

कुल १७९३ जना प्रतिनिधि महाधिवेशनमा रहेका छन् । निर्वाचनमा  राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस