सीता रानामगरले हङकङमा हुने क्रिकेट प्रतियोगिता खेल्ने

सफल खबर संवाददाता

शनिबार, १८ मंसिर २०७८, १४ : ३५
सीता रानामगरले हङकङमा हुने क्रिकेट प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीकी सदस्य सिता राना मगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल–२०२२ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् ।शनिबार क्विन्स इभेन्ट मेनेजमेन्टले पत्रकार सम्मेलन गर्दै सिताले फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्ने र त्यसको लागि छनोट भएको जनाएको हो ।

‘क्विन्स इभेन्ट मेनेजमेन्टको अथक प्रयास र खेलाडी स्वयंको मेहेनतको फलस्वरूप सिता राना मगर हंङकंङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्नका लागि छनोट हुनुभएको छ ।’ प्रेस विज्ञप्तीमा भनिएको छ । यो संगै सिता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी समेत बनेकी छन् ।

प्रतिक्रिया दिनुहोस