काठमाडौं । न्याय सम्पादन प्रक्रिया अवरुद्ध भएको ४० दिनपछि सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दाको सुनुवाइ भएको छ । कात्तिक ८ गतेदेखि रोकिएको न्याय सम्पादन कार्य शुक्रबारदेखि लयमा फर्किएको हो ।
मङ्सिर १५ गतेदेखि नै नियमित सुनुवाइ प्रारम्भ हुने बताइए पनि सर्वोच्चमा कायममुकायम प्रधानन्यायाधीशको विवाद सुरु भएपछि सुनुवाइ पुनः अवरुद्ध भएको थियो । शुक्रबार गोला प्रणालीबाट १२ वटा इजलास गठन भई सुनुवाइ गरिएको छ । सर्तसहित न्यायाधीशहरू इजलास फर्किएका हुन् ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले शुक्रबारदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ भएको बताउँदै भने, “शुुक्रबारदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ सुरु भएको छ । अब नियमित गतिमा अदालत फर्किन्छ ।”यसअघि केही समयदेखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण, मिलापत्र, मुद्दा फिर्ता, तामेली लगायतको सुनुवाइ गरेका थिए ।
सोबाहेक पूर्वनिर्धारित रहेको नियमित पेसीका मुद्दा सुनुवाइ गरेका थिएनन् । प्रधानन्यायाधीश जबरासँगको विवादका कारण न्यायाधीशहरूले लामो समयदेखि अघोषित रूपमा सुनुवाइ रोकेका थिए । शुक्रबार सर्वोच्चमा १० वटा संयुक्त र दुई एकल इजलास गठन भएका थिए । गठन भएमा सबै इजलास बसेका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १८ मंसिर २०७८, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी