राप्रपाकाे नयाँ नेतृत्वका लागि कमल थापाले पनि गरे उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

शुक्रबार, १७ मंसिर २०७८, १३ : ५०
राप्रपाकाे नयाँ नेतृत्वका लागि कमल थापाले पनि गरे उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकताको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि कमल थापाले मनोनयन दर्ता गरेका छन् । शुक्रबार नेता–कार्यकर्ता र बाजागाजासहित राष्ट्रिय सभागृहमा पुगेर वर्तमान अध्यक्षसमेत रहेका थापले पुनः नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गरेका हुन् । 

आगामी कार्यकालका लागि थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । थापाको प्यानलबाट उपाध्यक्षमा वुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् । महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही चुनाव लडदैछन् । 

लिङ्देनले पनि यसअघि नै नेता कार्यकर्ताका साथमा बाजागाजासहित अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । संशोधित निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान साढे ११ बजेदेखि साढे १ बजेसम्म उम्मेदवारी दर्ता हुने कार्यक्रम तय भएको थियो । नयाँ नेतृत्वका लागि मतदान शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । 

प्रतिक्रिया दिनुहोस