राप्रपा महाधिवेशन : उम्मेदवारी मनोनय प्रक्रिया सुरू

सफल खबर संवाददाता

शुक्रबार, १७ मंसिर २०७८, १३ : १२
राप्रपा महाधिवेशन : उम्मेदवारी मनोनय प्रक्रिया सुरू

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको मनोनय प्रक्रिया सुरू भएको छ । हिजो नै चुनावी प्रक्रिया सुरू हुने भनिएकोमा मतदाता नामावलीको विषयमा विवाद हुँदा निर्वाचन प्रक्रिया आजमात्र सुरू भएको हो ।

राप्रपाको केन्द्रीय निर्वाचन समितिका अधिकृत अधिवक्ता राजु बस्नेतले साढे ११ बजेदेखि उम्मेदवारी मनोनय शुरु भएको हो । उम्मेदवारी दिने समय साढे १ बजेसम्म राखिएको छ । बस्नेतले करिब ५ सय मनोनयन फारम वितरण गरिएको र त्यो भरेर उम्मेदवारले दर्ता गराउने क्रमसमेत सुरू भएको जानकारी दिए ।

राप्रपा महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् ।अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस