काठमाडौँ । राप्रपा अध्यक्षमा उम्मेदवार बनेका नेता राजेन्द्र लिङ्देनतर्फबाट प्यानल घोषणा भएको छ। बिहीबार साँझ लिङ्देन पक्षले उपाध्यक्ष र महामन्त्रीसहितको प्यानल घोषणा गरेको हो।
लिङ्देन समूहबाट विक्रम पाण्डेलाई उपाध्यक्षको रूपमा उम्मेदवार घोषणा गरिएको छ। चार उपाध्यक्षमध्ये पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठलाई उम्मेदवार घोषणा गरिएको छ।
चार उपाध्यक्षमध्ये एक महिला रहने पार्टीको विधानअनुसार महिला उपाध्यक्षमा लीला श्रेष्ठलाई उम्मेदवार बनाइएको लिङ्देन पक्षका नेता मुकुन्दश्याम गिरीले बताए।
तीम महामन्त्रीका लागि धवलशमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापालाई उम्मेदवार बनाउने घोषणा गरिएको गिरीले बताए। राप्रपा महाधिवेशन बुधबारदेखि भृकुटीमण्डपमा जारी छ।
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे पनि कमल थापा समूहले भने प्यानल बनाइसकेको छैन। विक्रम पाण्डेलाई यसअघि थापा समूहको टिममा थिए। थापा समूहले बिहीबार बिहानैदेखि पाण्डे आफ्नो समूहमा उपाध्यक्ष उठ्ने बताइरहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ मंसिर २०७८, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल