कोरोना अपडेट : थप ३१५ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १६ मंसिर २०७८, १६ : ३५
कोरोना अपडेट : थप ३१५ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

CG Hills

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ५११ र एन्टिजेन विधिबाट १ हजार ८९२ जनामा परिक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २१ हजार ९४९ र एन्टिजेनबाट ९५ हजार ५४६ जना पुगेको छ ।  

यस्तै, आज थप २०१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ हजार ३६९ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५३५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको छ ।