काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न शुभकामना दिएका छन् ।
राप्रपाको महाधिवेशन उद्घाटन समारोहमा मैनालीले राजा महेन्द्र सबैभन्दा राष्ट्रवादी भएको अभिव्यक्ति दिएपछि प्रचण्डले मैनालीलाई व्यंग्य गर्दै राप्रपाको अध्यक्ष बन्न लागेको हो ? भनी सोधेका हुन् ।
‘राजतन्त्र निरंकुश भएकोले हटाउनुपर्छ भनेर टाउको काट्ने आन्दोलनको सुरुवात सीपी मैनालीजीहरूले नै गरेको हो । अहिले आएर राजा महान् भन्दिनु भो । मलाई लाग्यो सीपीजी राप्रपाको अध्यक्ष बन्न पो खोजेको हो कि ? हो भने शुभकामना छ’, प्रचण्डले भने । उनले सीपीले जस्तो आफूले बोल्न नजान्ने भन्दै राजनीति पछाडि फर्कन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ मंसिर २०७८, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’