काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाीशको पेसी तोक्ने तजबिजी अधिकार कटौती गरेर गोलाप्रथाबाट पेसी तोक्नका लागि बाटो खुलेको छ । गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुले पनि संवैधानिक इजलासको संकट भने कायमै रहेको छ ।
सर्वोच्चको गत ९ मंसिरको फुलकोर्ट बैठकको निर्णय अनुसारको सूचना राजपत्रमा प्रकाशित भएसँगै १५ मंसिरदेखि गोलाप्रथा प्रणाली लागू हुने निश्चित भएको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार गोलाप्रथा प्रणाली आउँदो बुधबारबाट लागू हुनेछ । सो गोलाप्रथा प्रणालीले सर्वोच्चमा ७० वर्षअघिदेखि प्रधानन्यायाधीशले पेसी तोक्दै आएकोमा बुधबारबाट भने गोला तानेर मुद्दाको पेसी निर्धारण हुनेछ ।
संवैधानिक इजलासको जटिलता यथावत्
यसअघि सर्वोच्च अदालतमा कुन मुद्दा कसको इजलासमा राख्ने भन्ने सम्पूर्ण अधिकार प्रधानन्यायाधीशमा थियो । पेसी व्यवस्थापनमा गोलाप्रथा लागू हुँदा संवैधानिक इजलास गठनको विषयमा भने संकट उत्पन्न हुने देखिएको छ । सर्वोच्चको फूलकोर्ट बैठकले प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार कटौती गरेपनि संवैधानिक इजलास गठन प्रधानन्यायाधीशकै अध्यक्षतामा हुने व्यवस्था छ । संवैधानिक इजलास गठनको विषयमा संविधानले प्रष्ट रूपमा प्रधानन्यायाधीशलाई इजलास गठन गर्ने अधिकार दिएको छ । राजधानी दैनिकमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १४ मंसिर २०७८, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी