लन्डन । बेलायतमा सम्पूर्ण वयस्कलाइ कोभिडविरुद्धको खोप दिइने भएको छ । ओमिक्राेन भेरियन्टकाे त्रास बढिरहेका बेला सबै वयस्कलाइ बुस्टर डोज दिन लागिएको हो ।खोपसम्बन्धी अनुगमनकारी निकायले १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेको हो । ‘हामी १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेका छौं,’ राष्ट्रिय स्वास्थ्य सेवाका एक अधिकारीले भने ।
बेलायतमा शंकास्पद ७५ जनाको ओमिक्रोन परीक्षण भइरहेको छ । नयाँ भेरियन्टको भाइरस देखिएपछि बेलायतले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाइसकेको छ । नयाँ भेरियन्ट देखिएसँगै फेस मास्क अनिवार्य गरिएको छ भने शंकास्पद व्यक्तिलाई आइसोलेसनमा बस्न अनुरोध गरिएको छ ।
बेलायतमा अहिलेसम्म १ करोड ८० लाखले बुस्टर डोज लगाइसकेका छन् । अब १८ देखि ३९ वर्ष उमेर समूहका १ करोड २८ लाखलाई बुस्टर डोज दिइनेछ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १३ मंसिर २०७८, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि