राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षा सकारात्मक छ : डा.महत

सफल खबर संवाददाता

सोमबार, १३ मंसिर २०७८, १४ : १२
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षा सकारात्मक छ : डा.महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । सोमबार मौद्रिक नीतिको समीक्षाको विषयमा प्रतिक्रिया दिँदै महतले कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आएकाले सकारात्मक रहेको बताए ।

डा.महतले भने, ‘कोरोना महामारीका कारण उद्योग व्यवसाय क्षेत्रमा संकट छ । उद्योग व्यवसाय नै पलायन हुने गरी ठूलो क्षति भएको छ । महामारीले उद्योग व्यवसायमा मात्रै होइन हरेक क्षेत्रमा क्षति गर्यो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उद्योग व्यवसाय चलायमान बनाउनका लागि राहतका कार्यक्रम तथा सुविधाहरु व्यवस्था गर्नु आवश्यकता रहेको उनले बताए ।

डा.महतले नेपालमा राष्ट्र बैंकले उद्योग व्यवसायलाई थप सेवा सुविधा सहज बनाउनको लागि केही वर्ष देखि मौद्रिक नीतिको व्यवस्था गरेको बताए । यसरी राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका केहि सकारात्मक पक्ष रहेका र मौद्रिक नीति मार्फत आएका व्यवस्थालाई सबैले स्वभाविक मान्नुपर्ने महतले बताए ।

प्रतिक्रिया दिनुहोस