एजेन्सी । पेरुमा शक्तिशाली भूकम्प गएको छ। उत्तरी पेरुमा ७.५ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पबाट एउटा चर्चसहित दर्जनौं भवन भत्किएका छन्।
त्यस्तै भूकम्पमा कम्तिमा १० जना मानिस घाइते भएका छन्। भूकम्पपछि निरन्तर परकम्पन गइरहेका छन्। भूकम्पको गहिराई १३१ किलोमिटर रहेको पेरुको भू(सर्वेक्षण केन्द्रले जनाएको छ। भूकम्पबाट ७५ घर भत्किएको नागरिक रक्षा अधिकारीहरुले बताएका छन्। भूकम्पले छिमेकी इक्वेडरमा पनि सामान्य क्षति पुर्याएको छ।
भूकम्पको केन्द्र विन्दु साता मारिया डे निभा सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको थियो। सो क्षेत्रमा अमेजोनियाली आदिवासी बसोबास गर्छन्। भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए। भूकम्पपछि सडक भत्किएका छन् भने केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १३ मंसिर २०७८, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प
संखुवासभामा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प