दिनभर बेरोजगार एमाले महाधिवेशन प्रतिनिधि

पत्रपत्रिकाबाट

सोमबार, १३ मंसिर २०७८, ०७ : ५०
दिनभर बेरोजगार एमाले महाधिवेशन प्रतिनिधि

चितवन । नेकपा एमालेको १० महाधिवेशनमा उपस्थित भएका प्रतिनिधि आइतबार दिनभर बेरोजगार भए । बिहान १० बजे सुरु हुने भनिएको महाधिवेशन दिनभर सुरु नहुँदा उनीहरू बेरोजगार भएका हुन् ।

CG Hills

शनिबार राति बन्दसत्रले पार्टीको विधान संशोधनसहितका प्रस्तावमा छलफल गरी निर्णय गरेपछि बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ नेतृत्व चयनका लागि पदाधिकारी र केन्द्रीय सदस्यका नामावली प्रस्ताव पेस गर्ने अधिकार दिइएको थियो । ओलीले सहमतिका आधारमा पदाधिकारी र केद्रीय सदस्यको नामावली प्रस्ताव गर्न पार्टीका नेता तथा अकाक्षीसँगको छलफललाई तीव्रता दिए ।

दिनभर उनी छलफलमा व्यस्त हुँदा महाधिवेशन प्रतिनिधि भने सडकमा नै अलपत्र परेका थिए । महाधिवेशनको बन्दसत्र सुरु हुने हो कि भन्ने आशमा महाधिवशेनस्थलबाहिर बाक्लो उपस्थित भएको प्रतिनिधिले महाधिवेशनमा जतिसक्दो चाडो सुरु हुनुपर्ने आवाज उठाए ।

सर्वसम्मतिको नाम चयनमा सहमति नजुट्दा महाधिवेशनका बन्दसत्र सुरु नहुँदा केही महाधिवेशन प्रतिनिधिले जंगल सफारीमा निस्किएका थिए भने केही प्रतिनिधि आफ्ना जिल्लाबाट आएको नेता तथा कार्यकर्तासँग सडकमा नै गीत गाएर रमाइलो गरिरहेका थिए । शनिबार दिनभर महाधिवेशनस्थलको क्षेत्रमा सवारी साथ प्रवेशमा रोक लगाइएकोमा आइतबार गतिविधि कम हुँदा दिउँसोबाट ट्राफिक व्यवस्थापनका लागि सवारी खुला गरिएको थियो ।

महाधिवेशनस्थलमा कुनै गतिविधि सञ्चालन नहुँदा सवारी खुलाइएको एक ट्राफिक प्रहरीले जानकारी दिए । उनका अनुसार महाधिवेशनस्थलमा कुनै गतिविधि सुरु हुनेबित्तिकै सवारी डाइभर्सन गरिने जानकारी दिएका थिए । दिनभर कुनै गतिविधि नहुँदा सवारी आवातजावतमा कुनै समस्या उत्पन्न भएन । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस