एमाले महाधिवेशन : सुरक्षाको कारण देखाउँदै प्रतिनिधिहरूलाई बाहिर निकालियो

सफल खबर संवाददाता

शनिबार, ११ मंसिर २०७८, १४ : ०६
एमाले महाधिवेशन : सुरक्षाको कारण देखाउँदै प्रतिनिधिहरूलाई बाहिर निकालियो

चितवन । नेकपा एमालेको बन्दसत्रमा सुरक्षाको कारण देखाउँदै हलभित्र प्रवेश गरेका महाधिवेशन प्रतिनिधिहरूलाई बाहिर निकालिएको छ ।

CG Hills

प्रवेश गरेका प्रतिनिधिहरूको स्क्रिनिङ नगरिएको भन्दै उनीहरूलाई बाहिर निकालिएको हो । अब सबैको अनिवार्य स्क्रिनिङ गरेर मात्र फेरि भित्र पस्न पाउने भएका छन् । यसले बन्द सत्र थप पर धकेलिने देखिएको छ ।

आज बिहान १० बजे सुरु हुने भनिएको महाधिवेशनको बन्दसत्र सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस