काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नै १०० शय्याको अस्पताल नहुने शिक्षण संस्थालाई नर्सिङ्ग अध्ययनको अनुमति दिन नसकिने बताएका छन् ।
नेपाल मजदुर किसान पार्टीबाट निर्वाचन प्रतिनिधिसभाका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज मन्त्री पौडेललाई भेट गरी ज्ञापनपत्र बुझाउने क्रममा उहाँले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलको निर्देशनपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट यहीँ मङ्सिर ८ गते प्रकाशित ‘स्टाफ नर्स’ को भर्ना आवेदन फाराम भर्ने सूचनामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम नभएको भन्दै संस्थालाई पनि आवेदन भर्न अनुमति दिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐनमा आफ्नै १०० शय्याको अस्पताल हुने शिक्षण संस्थाले मात्रै नर्सिङको पठनपाठन गर्न पाउने व्यवस्था गरेकाले मन्त्रालयले यस्तो निर्णय गर्नुपरेको बताउनुभयो । उहाँले नगरपालिकाको माग जायज भए पनि ऐनको प्रावधानले गर्दा अप्ठ्यारो भएको बताए ।
शिक्षा मन्त्री पौडेलसँगको भेटमा सांसद सुवालले भक्तपुर नगरपालिकाले सर्वसाधारण जनताको आधारभूत स्वास्थ्यसम्बन्धी आवश्यकतालाई मध्यनजर गर्दै प्रत्येक वर्ग र तप्कासम्म गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यका साथ २०३० सालदेखि जनस्वास्थ्य सेवा केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै गत वैशाख १७ गतेदेखि ख्वप अस्पताल सञ्चालन गरेको जानकारी गराएका थिए ।
सांसद सुवालले स्थानीय तहले सञ्चालन गरेका कलेजलाई निजी कलेजको आँखाले नहेर्न आग्रह गर्दै न्यून शुल्कमा जनताको छोराछोरीले नर्सिङ पढ्ने अधिकारबाट बञ्चित नगर्न मन्त्री पौडेलसँग आग्रह गरे । उनले संसद्मा रहेको ख्वप विश्वविद्यालयको विधेयक सदनबाट अगाडि बढाउन पनि माग गरे ।
त्यस क्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक संस्थानअन्तर्गत नर्सिङ अध्ययन गर्ने विद्यार्थीलाई ख्वप अस्पताल, भक्तपुर अस्पताल, क्यान्सर अस्पताल, वीर अस्पताल, प्रसूति गृह, कान्ति बाल अस्पताललगायत सरकारी अस्पतालमा विद्यार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको भन्दै नर्सिङ् पढाउन अनुमति दिन माग गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १० मंसिर २०७८, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकहरूसँग भएका सहमति विधेयकमा समावेश गरिनुपर्छ : सांसद पौडेल
सरकारमा जान तँछाडमछाड गरेका छैनौँ: देवेन्द्र पौडेल
सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल