चितवन । झापास्थित बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र निकट देखिएका प्रसाईं केही अघिमात्र एमाले प्रवेश गरेका हुन् । प्रसाईंलाई केन्द्रीय कमिटीले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो ।
एमाले विधानले केन्द्रीय सदस्य बन्न पार्टीको संगठित सदस्यता लिएको १० वर्ष पुगेको, केन्द्रीय विभाग वा प्रदेश कमिटीमा काम गरेको वा जिल्ला कमिटीको पदाधिकारी भइसकेको वा जनसंगठनको पदाधिकारी भइसकेको योग्यता चाहिने भनेको छ ।
तर प्रसाईंको भने यी कुनै पनि योग्यता पुग्दैन । प्रसाईंले भने आफू एकता प्रक्रियाबाट आएको र हजुरबा ९उनको भाषामा केपी ओली०को आर्शिवादका कारण केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० मंसिर २०७८, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री भेट्न सुरक्षा दस्तासहित सिंहदरबार पुगे दुर्गा प्रसाईँ
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ : दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै
दुर्गा प्रसाईंको अभियानले फिर्ता लियो अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम