चितवन । नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोह चितवनमा सुरू भएको छ । नारायणी नदी किनारमा बनाइएको भव्य मञ्चअघि हजारौं कार्यकर्ताहरु जम्मा भइसकेका छन् भने नेताहरू आउने क्रम सुरू भएको छ ।
महाधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । उद्घाटन समारोहमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्वोधन गर्ने कार्यक्रम छ ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् ।
उद्घाटन समारोहमा केही विदेशी पाहुनाहरुको पनि सहभागिता रहनेछ । एमालेलाई शुभकामना दिन ४ देशका विभिन्न दलका १५ जना अतिथिहरू आएका छन् । उद्घाटन कार्यक्रमको सुरूआतमा कलाकारहरूले प्रस्तुति दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० मंसिर २०७८, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने
एमाले महाधिवेशन २७ मंसिरदेखि पोखरामा गर्न ओलीको प्रस्ताव