एजेन्सी । भारतको पूर्वोत्तर भारत-म्यानमार सीमामा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहान उक्त क्षेत्रमा ६.१ रेक्टर स्केलको भूकम्प गएको भारतीय समाचार माध्यमहरुले बताएका छन् ।
भूकम्पको क्षतिको विवरण भने आउन सकेको छैन । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार आइजलबाट लगभग एक सय ४० किलोमिटरको दुरीमा जमिनको सतहबाट १२ किलोमिटर भित्र भूकम्पको गएको हो ।
भूकम्पको धक्का बंगलादेशको चिटगाउँसम्म महसुस भएको थियो । त्यस्तै भारतको कोलकत्तामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १० मंसिर २०७८, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी