विराटनगर । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् । आज बिहान ६ बजे मोरङको धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेका हुन् ।
प्रहरीका अनुसार हात्महत्याका प्रयास गरेका मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको सोही अस्पतालमा उपचार भईरहेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले छारे रोगको पुरानै समस्या रहेका उनलाई उपचारका लागि मंसिर ३ गते परिवारले अस्पताल भर्ना गरेका थिए ।
आइसियूमा राखेर अस्पतालले उनको उपचार गरेको थियो । आइसियूबाट वार्डमा सारेपछि अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको थियो । तर, उपचारवापतको १९ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन् । अस्पतालका अनुसार मण्डलको उपचारमा जम्मा ३६ हजार रूपैयाँ खर्च भएको थियो ।
उनको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताइन्छ । उपचारमा लागेकोमध्ये १७ हजार रूपैयाँ मात्रै परिवारले तिर्न सक्यो । १९ हजार रूपैयाँ तिर्न नसकेका कारण मण्डललाई अस्पतालले बन्धक बनाएर राखेको थियो ।
उनलाई अस्पतालमा कुरुवा उनकै सासू बसेकी थिइन् । सासू शौचालय गएका बेला मण्डलले अस्पतालबाटै हामफालेका थिए । अस्पतालका अनुसार मण्डलले डिप्रेशनको औषधि पनि नियमित सेवन गरिरहेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० मंसिर २०७८, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार
हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै
भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी
देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द