एमाले महाधिवेशनमा प्रचण्ड आफू नआई कसलाई पठाउँदैछन्  ?

सफल खबर संवाददाता

विहीबार, ०९ मंसिर २०७८, १८ : ४९
एमाले महाधिवेशनमा प्रचण्ड आफू नआई कसलाई पठाउँदैछन्  ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

CG Developers Tansen Cement box

एमालेले माओवादी लगायतका विभिन्न दलका नेताहरुलाई महाधिवेशनमा सहभागी हुन आमन्त्रण गरेको भएपनि प्रचण्ड नजाने भएका हुन् । स्रोतका अनुसार उनले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई पठाउने भएका छन् । एमालेले आफूलाई वक्ताका रुपमा आमन्त्रण गरेको भन्दै यसअघि एक कार्यक्रममा प्रचण्डले असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस