चितवन । एमाले १०औँ महाधिवेशनलाई लक्षित गरी मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा राष्ट्रिय जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम)ले प्रतिबन्ध लगाएका छन् । एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरू हुँदै छ ।
चितवनको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्द सत्र हुने चितवनको महाधिवेशनलाई लक्षित गरी हुन सक्ने सवारी चापलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) बसेको अन्तर जिल्ला समन्वय समितिको बैठकको निर्णयानुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित राष्ट्रिय लोकमार्ग भएर पूर्व जाने र पूर्वबाट पश्चिम आउने मालवाहक र खाली ट्रक, ट्रिपर लगायत अन्य हेभी सवारी साधनहरूलाई बिहीबार साँझ ६ बजेदेखि शुक्रबार मध्यराति १२ बजेसम्म आवतजावतमा रोक लगाइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ मंसिर २०७८, १७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने
एमाले महाधिवेशन २७ मंसिरदेखि पोखरामा गर्न ओलीको प्रस्ताव