प्रधानन्यायाधीशविरुद्ध सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास

सफल खबर संवाददाता

विहीबार, ०९ मंसिर २०७८, १५ : ११
प्रधानन्यायाधीशविरुद्ध सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा विभिन्न संघ संस्थाले सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेका छन्।

प्रधानन्यायाधीश जबराको आचरण, न्यायिक क्षमता र नेतृत्वमाथि गम्भीर आक्षेपका साथ न्यायाधीश तथा अधिवक्ताहरू एकसाथ आन्दोलित हुनुपरेको भन्दै पापडले परिस्थितिको जटिलतालाई बेवास्ता गरेर गठबन्धन सरकारले जबराको निरन्तरतामा आफ्नो मिलेमतो रहेको छर्लङ्ग पारेको र देशमा न्याय-शून्यता सिर्जना गरिदिएको आरोप लगाएको छ ।

पापडमा नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ तथा नेपाल आदिवासी जनजाति महासंघ आवद्ध छ ।

प्रतिक्रिया दिनुहोस