राप्रपा महाधिवेशनमा रेखा थापाले राजेन्द्र लिङ्देनलाई साथ दिने

सफल खबर संवाददाता

विहीबार, ०९ मंसिर २०७८, १२ : ०६
राप्रपा महाधिवेशनमा रेखा थापाले राजेन्द्र लिङ्देनलाई साथ दिने

काठमाडौं । नायिका तथा नेतृ रेखा थापाले (राप्रपा) को आगमी महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छिन् । (राप्रपा) को आगामी महाधिवेशमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई साथ दिने रेखाले बताइन् ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबाबीच आज लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उक्त कार्यक्रममा साथै पुगेकी रेखाले खुलेरै लिङ्देनलाई सहयोग गर्ने बताइन् ।

उनले पार्टीमा अब युवा पुस्ताको भूमिका रहनुपर्ने भनाइका साथ आफूले लिङ्देनलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेकी छन् । यसअघि उनी अध्यक्ष कमल थापाको पक्षमा थिइन् । अध्यक्ष थापाको प्रतिद्वन्द्वीको रुपमा उम्मेदवार घोषणा गरेका लिङ्देनलाइै नै उनले साथ दिने भएकी हुन् ।

राप्रपापको केन्द्रीय सदस्यसमेत रहेकी रेखा २०७३ सालबाट (राप्रपा) मा लागेर राजनीति गरिरहेकी छन् । उनी त्यसअघि नेकपा माओवादी केन्द्रमा थिइन् । नयाँ नेतृत्व चयनका लागि (राप्रपा) को अधिवेशन यही मंसिर १५ गतेबाट हुँदैछ ।

प्रतिक्रिया दिनुहोस