चितवन । एमालेको चितवनमा हुने १० औं महाधिवेशनका लागि जिल्लाका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ । महाधिवेशन प्रचार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार कम्तीमा पनि ४६ वटा स्वागतद्वार बनाउने योजना छ । पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डका मुख्य क्षेत्रमा स्वागतद्वार निर्माण गरिएका छन् ।
उनका अनुसार काठमाडौंबाट चितवन भित्रिने सीमाना मौवा खोला, पोखरालगायतका ठाउँबाट चितवन भित्रिने मुग्लिन, पश्चिम नेपालबाट चितवन भित्रिने पुल्चोक र पूर्वी नेपालबाट चितवन भित्रने सिमाना लोथरमा स्वागतद्वार निर्माण गरिएको छ । पूर्वी चितवनको टाँडीबाट एमाले महाधिवेशन बन्दसत्र हुने सौराहासम्म १८ वटा गेट तयार गरिएको छ । स्वागतद्वार एमालेका विभिन्न भातृ संगठनहरुले निर्माण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ मंसिर २०७८, १८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने
एमाले महाधिवेशन २७ मंसिरदेखि पोखरामा गर्न ओलीको प्रस्ताव