बाबुको एसिड प्रहारबाट छोराछोरी घाईते

सफल खबर संवाददाता

मंगलबार, ०७ मंसिर २०७८, ०९ : ०६
बाबुको एसिड प्रहारबाट छोराछोरी घाईते

सोलुखुम्बु । आफ्नै बाबुले एसिड प्रहार गर्दा सोलुखुम्बुमा दुई जना घाइते भएका छन् । सोमबार बेलुकी सोलुदूधकुण्ड नगरपालिका–५ का ५५ वर्षीय मोहन बराईलीले एसिड प्रहार गर्दा २५ वर्षीय छोरा र १६ वर्षीया छोरीलाई घाइते भएका हुन् ।

अत्यधिक मदिरा सेवन गरेर घर आएका बाबुले एसिड हान्दा छोरी सामान्य घाइते भएपनि छोराको अवस्था भने गम्भीर रहेको छ । घाइते दुवै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु प्रहरीले जनाएको छ । अभियुक्तलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए । 

प्रतिक्रिया दिनुहोस