प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार खोसियो

पत्रपत्रिकाबाट

मंगलबार, ०७ मंसिर २०७८, ०७ : ४७
प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार खोसियो

काठमाडौं । न्यायालयको इतिहासमा प्रधानन्यायाधीशले लिँदै आएको एउटा अधिकार कटौती भएपछि अदालतमा समस्याको रूपमा रहेको बिचौलिया हट्ने अपेक्षा गरिएको छ।

CG Hills

दैनिक रूपमा प्रधानन्यायाधीशले तोक्दै आएको मुद्दाको पेसी अब गोला प्रक्रिया (अटोमेसन) प्रणालीमा लगिएको छ। सर्वोच्च अदालत नियमावली संशोधन सोमबार राजपत्रमा प्रकाशित भएपछि गोला प्रक्रियाबाट पेसी तोकिने प्रक्रियाले पूर्णता पाएको छ।

सम्भवतः मंगलबार पूर्ण बैठक बसेर त्यसको कार्यान्वयनका लागि दिन तोकिनेछ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस