जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन् । महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी हुन् ।
जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद् रहेको बताइन् । प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिइन् ।
सोही कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई अधिकार दिने कानुन निर्माणमा संघीय सरकारले उदासिनता देखाएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराए । विशेषगरी उनले प्रदेश प्रहरी ऐनलाई अझै पूर्णता नदिएको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ मंसिर २०७८, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान
संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई शिरोधार्य गरौँ, मुलुकको स्वार्थभन्दा माथि केही छैन : राष्ट्रपति
राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
राष्ट्रपति पौडेलले गरे बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान