काठमाडौ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेकामध्ये बाँकी रहेका ६७५ युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया आइतबारबाट अगाडि बढाएको छ। यसअघि स्वास्थ्य परीक्षण गरेकासहित मङ्सिर ११ गतेसम्म एक हजार १७५ स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको काम पूरा हुनेछ ।
विभागका अनुसार यसअघि नामावली सार्वजनिक भएकामध्ये कात्तिक २९ देखि मङ्सिर ५ सम्म ५०० स्वास्थ्य परीक्षण गरिसकेका छन्। इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक पठाउने प्रयोजनका लागि इजरायलको जनसङ्ख्या तथा अध्यागमन निकाय (पिवा)द्वारा चिट्ठा प्रणालीबाट असोज २५ गते छनोट भएका एक हजार १७५ को नाम सार्वजनिक गरेको थियो।
विभागले तोकिएका युवाको स्वास्थ्य परीक्षणको काम पूरा भएपछि सो रिपोर्ट इजरायलको पिवामा पठाउने र त्यहाँबाट रोजगार सम्झौताको प्रक्रिया अघि बढ्नेछ। विभागका स्वास्थ्य परीक्षणका लागि स्टार अस्पताल सानेपा, हेम्स अस्पताल मण्डिखाटार, नेपाल मेडिसिटी अस्पताल भैँसेपाटी र मनोमहन मेमोरियल मेडिकल कलेज स्वयम्भूमा स्वास्थ्य परीक्षण गर्न सकिने जनाइएको छ। स्वास्थ्य परीक्षण गर्नका लागि प्रतिव्यक्ति आठ हजार ९०० रुपियाँ लाग्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०६ मंसिर २०७८, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का