काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बालबालिकालाई प्रविधिसँग जोड्दै शिक्षा दिनुपर्नेमा जोड दिँदै प्रविधिका क्षेत्रमा सरकार लगानी गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको १४औँ साधारणसभा तथा सातौँ केन्द्रीय अधिवेशनमा मन्त्री पौडेलले प्रविधिका क्षेत्रमा देशले फड्को मार्दै गइरहेकाले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताउँदै बालबालिकालाई सक्षम नागरिक बनाउन गैह्रसरकारी क्षेत्रबाट पनि पहल हुनुपर्ने जनाए । मन्त्री पौडेलले दिगो विकासका लक्ष्य हासिल गर्न तथा बालबालिकालाई सक्षम र सबल बनाउन त्यस्ता संस्थासँग मन्त्रालय सहकार्य गर्न तत्पर रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ मंसिर २०७८, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षामन्त्री पुनले पत्रकारहरूलाई बोलाए केशर महल
आविष्कार केन्द्रलाई मैले बजेट छुट्याउनु अनैतिक हुन्छ : शिक्षामन्त्री पुन
शिक्षामन्त्री पुनले गरे यी ५ निर्णय : क्यान्सर उपचारमा प्रयोग हुने रेडियोधर्मी औषधि नेपालमै उत्पादन गर्ने
शिक्षामन्त्री महावीर पुनका तीन निर्देशन
तलब निकासा नगर्ने पालिका र प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी
राज्यले निजीलाई निषेध गरेर जाने स्थिति छैन : शिक्षामन्त्री