देशभर घरजग्गाको भाउ आकासियो, एक वर्षमा २६ प्रतिशतले मूल्यवृद्धि

पत्रपत्रिकाबाट

शनिबार, ०४ मंसिर २०७८, ०७ : ५२
देशभर घरजग्गाको भाउ आकासियो, एक वर्षमा २६ प्रतिशतले मूल्यवृद्धि

काठमाडौं । नेपालमा घरजग्गाको मूल्य २६.४५ प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ। नेपाल  राष्ट्र  बैङ्कले  पहिलो  पटक  सातै प्रदेशका मुख्य  सहरलाई  आधार  बनाउँदै  तयार गरेको   घरजग्गा   मूल्य   सर्वेक्षण’बाट   यस्तो  देखिएको हो ।

पहिलो  पटक  गरिएको  घरजग्गा  मूल्य सर्वेक्षणका  अनुसार  आर्थिक  वर्ष  २०७६-७७ मा  वाणिज्य  बैङ्कहरूबाट  प्राप्त  तथ्याङ्कको आधारमा  वार्षिक  औसत  घरजग्गा  मुद्रास्फीति २६.४५   प्रतिशत   रहेको   छ   भने   मालपोत कार्यालयबाट    प्राप्त    तथ्याङ्कको    यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको छ।

शुक्रबार   राजधानीमा   आयोजित   एक कार्यक्रमका    बीच    सार्वजनिक    गरिएको प्रतिवेदनअनुसार   आर्थिक   वर्ष   २०७७÷७८ को  पहिलो  नौ  महिनामा  अघिल्लो  आवको तुलनामा  गण्डकी  प्रदेशमा  घरजग्गाको  मूल्य वृद्धि  सबैभन्दा  उच्च  रहेको  छ।  यो  प्रदेशमा घरजग्गामा १९.१९ प्रतिशतले मूल्य वृद्धि भएको अध्ययनले देखाएको छ। आर्थिक  वर्ष  २०७७-७८  को  पहिलो  नौ महिनामा  यस्तो  मुद्रास्फीति  क्रमशः  १६.३१  र १२.५७  प्रतिशत  रहेको  पाइएको  छ।

अघिल्लो आर्थिक   वर्षको   तुलनामा   आर्थिक   वर्ष २०७७÷७८ को पहिलो नौ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकाले मुद्रास्फीति केही कम रहेको सर्वेक्षणको निष्कर्ष रहेको छ।   वित्तीय   क्षेत्र   विकास   रणनीति   (२०७३-७४–२०७७-७८)मा   घरजग्गा   मूल्य सूचकाङ्क  तयार  गर्ने  जिम्मेवारी  नेपाल  राष्ट्र बैङ्कलाई  दिइएकोमा  आर्थिक  वर्ष  २०७५÷७६ लाई  आधार  वर्षका  रूपमा  लिई  घरजग्गा सर्वेक्षण गरिएको राष्ट्र बैङ्कले जनाएको छ। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस