आजको मौसम : यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

शुक्रबार, ०३ मंसिर २०७८, ०८ : १४
आजको मौसम : यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । शुक्रबार दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भूभागहरू सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको जल तथा मोसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।  महाशाखाले बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा  र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको पनि जनाएको छ । 

यसैगरी राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भूभागहरू सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिक सामान्य बदली रहने छ। 

यस्तै दिउँसो जस्तै राति पनि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

प्रतिक्रिया दिनुहोस