काठमाडौं । महोत्तरीकी अमृता सदाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरी, भंगहा नगरपालिका(५ सीतापुरका २४ वर्षीय विपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका(३ पर्सा पकडियाका ४२ वर्षीय मनोज यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन्।
मृतक अमृता भंगहा २ बखरी टोलकी दलित समुदायकी हुन्। ३५ वर्षीया अमृतामाथि सदालाई रातभरि बलात्कार गरी हत्या गरेको अभियोग लगेको प्रहरीले जनाएको छ। ‘मेला हेर्न जाउ भनी झुक्याएर साँझ ९ बजे लगे। गाउँ नजिकैको चौरीमा पुर्याएर दुवै जनाले पालैपालो करणी गरे’ एसपी दिनेश अचार्यले भने ।
बुधबार आरोपी विपिनलाई उनकै गाउँबाट प्रहरीले पक्राउ गरेको छ भने मनोजलाई सिरहाको मिर्चैया नगरपालिका ५ पक्राउ गरिएको हो। उनीहरुमाथि जबर्जस्तीकरणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ मंसिर २०७८, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ