काठमाडौं । महोत्तरीकी अमृता सदाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरी, भंगहा नगरपालिका(५ सीतापुरका २४ वर्षीय विपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका(३ पर्सा पकडियाका ४२ वर्षीय मनोज यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन्।
मृतक अमृता भंगहा २ बखरी टोलकी दलित समुदायकी हुन्। ३५ वर्षीया अमृतामाथि सदालाई रातभरि बलात्कार गरी हत्या गरेको अभियोग लगेको प्रहरीले जनाएको छ। ‘मेला हेर्न जाउ भनी झुक्याएर साँझ ९ बजे लगे। गाउँ नजिकैको चौरीमा पुर्याएर दुवै जनाले पालैपालो करणी गरे’ एसपी दिनेश अचार्यले भने ।
बुधबार आरोपी विपिनलाई उनकै गाउँबाट प्रहरीले पक्राउ गरेको छ भने मनोजलाई सिरहाको मिर्चैया नगरपालिका ५ पक्राउ गरिएको हो। उनीहरुमाथि जबर्जस्तीकरणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ मंसिर २०७८, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ