एजेन्सी । एउटा ठूलो तुफानका कारण सडक र रेल सेवा अवरुद्ध भएपछि क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा सङ्कटकाल घोषणा गरिएको छ । उक्त क्षेत्रमा विपत्तिले जनजीवन प्राभावित भएपछि त्यहाँका बासिन्दाहरुको सहायताका लागि क्यानडाको आर्मी फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका छन् ।
सो क्षेत्रमा आइतबार राति ठूलो तुफान आएको थियो । त्यसबाट हजारौँ मानिसहरू प्रभावित भएको बताइएको छ । बिबिसीका अनुसार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाएका छन् । उनले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने बताएका छन् ।
आइतबार त्यहाँ एउटा ‘वायुमण्डलीय नदी’ उत्पन्न भएको थियो । त्यस्तो अवस्थामा उष्ण तटीय क्षेत्रबाट हावा चिसिन लागेको बाफ बोकेर ध्रुवीय क्षेत्रतर्फ बहन्छ । साेही कारण त्यस क्षेत्रमा एक महिनामा पर्ने औसत पानी चौबिस घण्टाभित्रै परेर विपत्ति सृजना भएकाे हाे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०२ मंसिर २०७८, १० : २७
लेखकबाट थप